जनकपुरमा अक्सिजनको हाहाकार, दैनिक अक्सिजन अभावमा मर्दै विरामी
मँगलबार मात्र धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबेका बद्री नारायण मण्डलले अक्सिजन अभावमै अस्पतालमै दम तोडेका थिए ।

२०७८ जेठ ५ बुधबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा अक्सिजनको हाहाकार भएको छ । अक्सिजनको अभावमा दैनिक रुपमा विरामीहरु मृत्यूको मुखमा जाने गरेको छ ।
जनकपुरको प्रादेशिक अस्पतालसहित अन्य नीजि अस्पतालहरु गरी कम्तीमा पनि दैनिक ५०० अक्सिजन सिलिण्डर आवश्यकता भएको ठाउँमा दैनिक १५० जति अक्सिजन सिलिण्डर मात्र उपलब्ध भइरहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए ।
यादबका अनुसार, प्रादेशिक अस्पतालमै मात्र करिब १ सय ६० अक्सिजन सिलिण्डरको दैनिक आवश्यकता भएपनि सो अनुसार आपूर्ति नभएको कारण यहाँ समस्या झन बिकराल हुँदै गएको बताए ।
उनले भने, –“अक्सिजनको कमी भएको छ जनकपुरमा । प्रादेशिक अस्पतालमै आपूर्ति सहज भएको छैन । जनकपुरको अन्य नीजि अस्पतालहरु गरी २४ घण्टामा कम्तीमा पनि ५०० अक्सिजन सिलिण्डर आपूर्ति भए अवस्था नियन्त्रण गर्न सजिलो हुनेछ । तर सो अनुसार आपूर्ति देखिएको छैन् । अक्सिजनको अभाव झेलिरहेको छ अस्पतालहरु । मान्छे बचाउन गाह्रो भइरहेको छ ।”
मँगलबार मात्र प्रदेश सरकारका कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको सँयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन गरिएको छ । तर, अक्सिजनको अभाव जनकपुरमा सरोकारबाला व्यक्तिहरुले नै कृति अभाव सृजना गरिरहेको बुझिएको छ ।
ढल्केवर अक्सिजन प्लान्ट सहित अन्य विभिन्न ठाउँबाट आउने गरेको अक्सिजन सिलिण्डरको समेत सरोकारबालाहरु नै कालोबजारी गरिरहेको पाइएको छ । जनकपुर जस्तो क्षेत्रमा अक्सिजनको अभाव नै नहुने स्थिति भएपनि केही रकमको लोभमा मान्छेको प्राण लिने गरेको छ ।
अक्सिजनकै अभावमा जनकपुरको प्रादेशिक अस्पताल सहित अन्य नीजि अस्पतालहरुमा दिनहुँ विरामीहरुको मृत्यू भइरहेको तथ्याँक छ । अस्पतालमा आउने अक्सिजनलाई सरोकारबालाले नै लुकाउने गरेको र अन्य ठाउँमा बेच्ने गरेको पनि बुझिएको छ ।
धनुषाका सहायक सिडिओ दिपक कर्णको अध्यक्षतामा गठन भएको अक्स्जिन आपूर्ति समितिको प्रभावकारिता पनि न्यून छ भने प्रदेश सरकारले गठन गरेको अनुमन समितिको काम कारवाही हेर्न बाँकी छ ।
मँगलबार मात्र धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबेका बद्री नारायण मण्डलले अक्सिजन अभावमै अस्पतालमै दम तोडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…