जनकपुरः एम्बुलेन्समा यात्रु ओसार्ने एम्बुलेन्स र चालक पक्राउ
एम्बुलेन्सलाई चेक नगर्ने मनसायका साथ चालकहरुले मौकाको फाईदा उठाउँदै आएपछि प्रहरीले एम्बुलेन्समा पनि निगरानी बढाएको हो ।

२०७८ जेठ २ आइतबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एम्बुलेन्समा यात्रु ओसार्ने एम्बुलेन्स र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार जनकपुरको पुलचोकबाट यात्रु ओसार्ने धनुषाको बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।
ज १ च १६२० नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको न्यौपानेले बताए।
चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। महामारीको बेला स्थानीय प्रशासनले लगाएको निषेधाज्ञामा व्यक्तिगत रुपमा एम्बुलेन्स प्रयोग बढेपछि प्रहरीले निगरानी बढाएको हो ।
मान्छे ओसार पोसार गर्नको लागि पनि एम्बुलेन्सलाई प्रयोग गरिदै आएपछि प्रहरी चनाखो भएको हो । एम्बुलेन्सलाई चेक नगर्ने मनसायका साथ चालकहरुले मौकाको फाईदा उठाउँदै आएपछि प्रहरीले एम्बुलेन्समा पनि निगरानी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…