नारायणी अस्पताल बीरगँजका मेसु ठाकुर मन्त्रालय तानिए
कर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।

२०७८ जेठ २ आइतबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, वीरगँज । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जयकुमार ठाकुरलाई मन्त्रालय तानिएको छन् ।
मेसु डा. ठाकुरलाई आइतबार स्वास्थ्य मन्त्रालय तानिएको नारायणी अस्पतालको स्रोतले जनाएको छ । उनि आज बिहानै काठमाडौँ गएको स्रोतले बतायो ।
दोस्रो चरणको कोभिड सङ्क्रमणले पर्सा जिल्ला नराम्ररी प्रभावित भएको बेला प्रभावकारी ढङ्गले काम गर्न नसकेपछि कारवाही स्वरूप उनलाई मन्त्रलाय तानिएको बुझिएको छ । उनलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने मन्त्रालयको योजना रहेको स्रोतको दावी रहेपनि यसको आधिकारिक पुष्टि हुनसकेको छैन ।
मेसु डा. ठाकुरले अस्पताल व्यवस्थापन राम्ररी गर्न नसक्दा कोभिड सङ्क्रमितहरुको उपचारमा समस्या हुँदै आएको थियो ।
अस्पतालमा भर्ना भएका कोभिड सङ्क्रमितलाई उपचार गर्न चिकित्सक नजाने, असिक्जन र रेम्डीसिभिर जस्ता औषधी अभाव हुने, कोभिड वार्ड फोहरमा सरसफाई नहुने र सङ्क्रमितको आफन्त कोभिड वार्डमा आफै पुगेर खट्नु पर्ने जस्ता समस्या थिए ।
मेसु डा. ठाकुरलाई अस्पतालका समस्याहरुका बारेमा स्थानीय सञ्चारमाध्यमले पटक(पटक अवगत गराउँदा पनि उनले कुनै कारवाही गर्न सकेका थिएनन् । उनी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुसँग समेत समन्वय नगर्ने गरेको गुनासो आउने गरेको थियो ।
एकपटक त् उनले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डीसिभिर बेचेको समेत आरोप लागेको थियो । सङ्घीय सांसद् प्रदीप यादवले उनीमाथि यस्तो आरोप लगाएका थिए ।
एक वर्षअघि तत्कालिन नारायणीका मेसु डा। मदन उपाध्यायले वीरगञ्ज बस्न अस्वीकार गरेपछि वीर हस्पिटलमा कार्यरत रहेकै अवस्थामा डा। ठाकुरलाई मन्त्रालयले जिम्मेवारी दिँदै नारायणी अस्पताल पठाएको थियो ।
उनी आएसँगै नारायणी अस्पतालमा अनियमितता तथा स्वास्थ सेवालगायत बिग्रिँदै गएको गुनासो चिकित्सकहरुबाट आएको थियो ।
कर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।
यात्राडेलीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…