प्रादेशिक अस्पताल जनकपुरमा छटपटिएर कोरोना सँक्रमितको मृत्यू !
धनुषामा दैनिक कोरोना सँक्रमितको सँख्या बढदै गएपछि प्रादेशिक अस्पतालमा भेन्टिलेटर र आईसीयूको अभाव भएको छ ।

२०७८ जेठ २ आइतबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (प्रादेशिक अस्पताल) जनकपुरमा छटपटिएर एक कोरोना सँक्रमितको मृत्यू भएको छ ।
अस्पताल पुगेको घण्टौं बितेपनि अस्पतालले समयमै आईसीयु वा भेन्टिलेटर उपलब्ध नगराउँदा एक पुरुषको मृत्यू भएको परिवारजनको आरोप छ । प
प्रदेश २ को महोत्तरी जिल्लाको औरही नगरपालिका–८ टिमकियाका ५५ वर्षीय एक पुरुषको मृत्यू भएको हो । उनको अस्पतालमा छटपटिएर मृत्यू भएको परिवारजनको आरोप छ ।
जसपाका स्थानीय नेता समेत रहेका स्थानीय श्याम यादवको प्रादेशिक अस्पतालमै भेन्टिलेटर र आईसीयूको अभावमा मृत्यू भएको आरोप परिवारजनको छ ।
प्रादेशिक अस्पतालमा उपचारमा कुनै लापरबाही नगर्न उनको परिवारजनले आग्रह गरेपनि अस्पतालले उपचारमा लापरबाही गर्दा उनको मृत्यु भएको उनका छोराले बताए ।
प्रादेशिक अस्पताललाई आइसीयू र भेन्टिलेटरका लागि जति गुहार गरेपनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको मृतकका छोराको आरोप छ । उनी गत बैशाख ३० गते कोरोना संक्रमित भएका थिए ।
यसअघि बैशाख ३० गते पनि अस्पतालको लापरबाहीका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान गएको थियो । अस्पताल पुर्याइएको तिनघण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा उनको मृत्यु भएको थियो ।
त्यस्तै, बैशाख २८ गते पनि कोभिड–१९ विशेष अस्पतालमा चिकित्सकको लापरवाहीका कारण महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–४ सुगा बस्ने ५३ वर्षीय कोरोना संक्रमित सुखचैन महतोको मृत्यु भएको थियो ।
प्रादेशिक अस्पतालमा पसेको राजनीतिको कारण पहुँचकै आधारमा भेन्टिलेटर वा आईसियू दिने गरेको आरोप पनि लगाइएको छ । जनकपुर प्रादेशिक अस्पतालमा १० वटा भेन्टिलेटर चालु अवस्थामा रहेको छ ।
धनुषामा दैनिक कोरोना सँक्रमितको सँख्या बढदै गएपछि प्रादेशिक अस्पतालमा भेन्टिलेटर र आईसीयूको अभाव भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…