४ दिनमै जनकपुरमै ठुलो अक्सिजन प्लान्ट सुरु हुँदै, जनकपुरसहित आसपास अक्सिजनको कमी नहुने
जनकपुरको विभिन्न अस्पतालमा अहिले पनि अक्सिजनको कमीले सँक्रमितहरुको ज्यान अझै जोखिममा रहेको अवस्थामा जनकपुरमै उत्पादन हुने

२०७८ जेठ १ शनिबार, राति ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित नै अक्सिजन प्लान्ट सुरु हुने भएको छ । आउँदो ४ दिनपछि नै अक्सिजन प्लान्टमा उत्पादन सुरु हुने बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला स्थित नयाँ एसआर ग्रुपद्धारा अक्सिजन प्लान्ट सुरु हुने भएको छ । महामारीमा विभिन्न अस्पतालमा अक्सिजनको कमी भएको अवस्थामा अक्सिजन प्लान्ट कोशेढुँगा साबित हुने विश्वास लिएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य सँघका अध्यक्ष जीतेन्द्र महासेठका अनुसार, सो अक्सिजन प्लान्टमा सुरुमा दैनिक ३०० अक्सिजन सिलिण्डर उत्पादन हुने भएको छ । जनकपुर सहित आसपासका क्षेत्रमा पनि अक्स्जिन सप्लाई हुने भएको छ ।
जनकपुर जस्तो क्षेत्रमा समेत अस्पतालहरुमा अक्सिजनको कमी भएको अवस्थामा सुरु हुन लागेको नयाँ अक्सिजन प्लान्टले कुनै पनि हस्पिटलमा अक्सिजनको कमी हुन नदिने दाबी गरिएको छ ।

एक दिनमा ३०० सिलिण्डर अक्जिन भर्ने प्लान्टमा केही दिनमै ७०० सम्म सिलिण्डर भर्ने तयारी गरिएको छ । महासेठले भने,–“जनकपुरमा पूर्ण रुपमा अक्सिजनको सप्लाई गर्छौ, अक्सिजनको कमी नभएको महसुस भएपछि जनकपुरभन्दा बाहिर आसपासका जिल्लाहरुमा पनि पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर निर्यात गर्नेछौं ।”
आगामी ४ दिनभित्रै लादोबेला स्थित सँचालनमा आउने सो अक्सिजन प्लान्टको लागि पहिलेदेखि नै योजना भएपनि विभिन्न विधि विधान र आवश्यक जनशक्तिको अभावमा सँचालनमा आउन सकेका थिएनन् ।
भारतबाट टेक्नीयिसन र अन्य प्राविधिकहरु ल्याएर सो प्लान्ट सँचालनमा ल्याउन लागेको प्लान्टका सँचालक सुनिल कुमार साहले जानकारी दिए । जनकपुर सहित आसपासको क्षेत्रमा अहिले कोरोना सँक्रमितहरु अक्सिजनको अभाव भोगिरहेको अवस्थालाई निरुत्साहित गर्न ४ दिनभित्रै अक्सिजन उत्पादन हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय अनुसन्धान केन्द्रका महाबिर पुन , (सर्भिस कोडिनेटर) मनोज महासेठ, ईन्जिीनियर धिरेन्द्र साह र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला ,बिधुत प्राधिकरण सहित सँघका अध्यक्ष जीतेन्द्र महासेठले सँयुक्त रुपमा निरिक्षण गरेका हुन् ।
जनकपुरको विभिन्न अस्पतालमा अहिले पनि अक्सिजनको कमीले सँक्रमितहरुको ज्यान अझै जोखिममा रहेको अवस्थामा जनकपुरमै उत्पादन हुने अक्सिजनले यहाँको लागि कोशेढुँगा साबित हुनेछ ।
धनुषाको ढल्केर स्थित समेत अक्सिजन प्लान्ट सँचालनमा आएपछि धनुषाको विभिन्न अस्पताल सहित आसापासका क्षेत्रमा अक्सिजन सिलिण्डर सप्लाई हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…