बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह
सँविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको हो ।

२०७८ बैशाख २७ सोमबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । आज सँसदमा विश्वासको मतमा बहुमत पुरयाउन नसकेर स्वतः प्रधानमन्त्रीको पद रिक्त भएपछि बहुमतको सरकार गठनको लागि आग्रह गरिएको छ ।
सँविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको हो ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र्र यादवले सोमबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेको हो ।
‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारीे गरेको विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…