प्रधानमन्त्री ओली पदमुक्त !!!
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

२०७८ बैशाख २७ सोमबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

२०७८ बैशाख २७ सोमबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । आज सँसदमा २ सय ३२ जना सँसद उपस्थित रहेका थिए ।
जसमा ओलीको विश्वासको पक्षमा मात्र ९३ जना साँसदले मत दिएका छन् भने विपक्षमा १२४ जनाले मत दिएका छन् । यस्तै, हुन्न भन्नेमा १५ जनाले मत दिएपछि ओली पदमुक्त भएका छन् ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…