प्रदेश २ सरकालाई अस्पतालको भावुक पत्र– 'विरामीलाई रेफर गर्नुपर्दा आत्मग्लानी भयो'
७ दिनभित्र यी सबै पूरा नगरे अस्पताल प्रशासन सहित व्यवस्थापन समित आउँदो जेठ ५ गतेबाट निरन्तर आमरण असनसनमा बस्ने चेतावनी समेत दिएको हो ।

२०७८ बैशाख २६ आइतबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित रहेको जलेश्वर अस्पताल व्यवस्थापन समितिले प्रदेश सरकारलाई पूर्वाधार र कर्मचारी सहित अन्य सेवासुविधाको माग गर्दै पत्राचार गरेको छ ।
प्रदेश नम्बर २ को सरकारलाई अस्पताल व्यवस्थापन समितिले एक पत्र लेख्दै अस्पतालमा सेवा सुविधा दिन नपाउँदा विरामीलाई रेफर गर्नुपर्दा आत्मग्लानी महसुस भएको भन्दै भावुक पत्र लेखेको हो ।
राज्यको विभेदको सिकार भएको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञ डाक्टर नभएको कारण गरिब, निमुखाहरुलाई त्यतिकै रिफर गर्नुपर्दा आत्मग्लानी भएको बताएको हो । व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डले विभिन्न मागहरु राखी प्रदेश सरकार समक्ष पत्र पठाएका छन् ।

गत बर्षको कोरोनाकालमा १०० बेडको कोभिड अस्पताल सफलतापूर्वक सँचालन गरी सेवा दिएको जनाउँदै अस्पताल समितिले सेकेण्डरी ए लेभलको ५० बेडको स्वीकृति भएपनि हालसम्म कार्यन्वयन नभएकोप्रति दुःख व्यक्त गरिएको छ ।
दक्ष जनशक्तिको अभावमा उपकरणहरु हुँदाहुँदै पनि सेवा दिन असमर्थ रहेको तथा यहाँ आउने विरामीलाई विशेषज्ञको अभावमा रिफर गर्दा गर्दै रिफर सेन्टर जस्तै भएको पत्रमा उल्लेख गरिएको छ ।
जनसमुदाय स्तरबाट तथानाम र गालीगलौज सुन्दासुन्दै अन्त्यमा यस्तो पत्र लेख्न बाध्य भएको पनि पत्रमा उल्लेख गरिएको छ । यसका साथै, विभिन्न मागहरु समेत अगाडी सारिएको हो ।
विगतको बाँकी बक्यौता, स्टाफहरुको कोभिड भत्ता, ५० शैयाको दरबन्दी अनुसार पदपूर्ती, आईसियूको लागि दक्ष जनशक्ति र कोभिड विरामीको लागि सबै सुविधाहरु ७ दिनभित्र पूरा गर्न माग गरेको हो ।
७ दिनभित्र यी सबै पूरा नगरे अस्पताल प्रशासन सहित व्यवस्थापन समित आउँदो जेठ ५ गतेबाट निरन्तर आमरण असनसनमा बस्ने चेतावनी समेत दिएको हो ।
गत शुक्रबार राती मात्र एक कोभिड विरामीलाई रेफर गर्दा उनको मृत्यू भएको थियो । अस्पतालमा उपकरणहरु भएपनि चलाउने जनशक्ति नभएर कार्य सँचालन हुन नसकेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…