जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान नहुँदा एक कोरोना सँक्रमितको मृत्यू !
शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।

२०७८ बैशाख २५ शनिबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको जलेश्वरस्थित अस्पतालमा भेन्टिलेटर जडान नभएको कारण एक कोरोना सँक्रमितको मृत्यू भएको छ ।
जिल्ला अस्पताल जलेश्वरमा भेन्टिलेटर भएपनि जडान नभएको कारण एक कोरोना सँक्रमितलाई बाहिर पठाउन बाध्यता भएपछि भेन्टिलेटरकै अभावमा एक पुरुषको मृत्यू भएको हो ।
जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेपछि त्यहाँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला अस्पताल जलेश्वरमा भेन्टिलेटर भएपनि जनशक्ति नभएर जडान नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिष साहले जानकारी दिए । डा. साहले शुक्रबार नै एक सूचना जारी गरी अस्पतालको लाडि २३ जना कर्मचारी पनि माग गरेका छन् ।
शुक्रबार उपचारको लागि अस्पताल पुगेका सो सँक्रमितलाई भेन्टिलेटर अस्पतालमा भएपनि त्यतिकै थन्किएर राखिएको बाध्यताले उनलाई सो अस्पतालबाट प्रादेशिक अस्पताल जनकपुरमा रिफर गरिएको थियो ।
आफ्नै घरमा रहेको बखत बिरामी भएका मृतकलाई बिहीबार सास लिन कठिनाइ भएपछि जलेश्वर आस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयदेखि अक्सिजनको सपोर्ट दिइएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको थियो ।
शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।
जलेश्वर अस्पतालमा भेन्टिलेटर राखिएको तथा अझै यस्तो अवस्थामा पनि जडान नभएको कारण विरामीको ज्यान गएको हो । सो सम्बन्धमा जनकपुरबाट भएपनि प्राविधिक मगाएर भेन्टिलेटर तत्काल जडान गरी सेवा सुचारु गर्न समाजिक सँजाल मार्फत पनि आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…