जनकपुरमा क्लोथ बैङ्कद्वारा घरमै पुगेर बिरामीको चेकजाँच
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सँचालनमा रहेको क्लोथ बैँकले घर–घर पुगेर सेवा दिने कार्य सुरु गरेको छ । ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको हो । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक पर

२०७८ बैशाख २५ शनिबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सँचालनमा रहेको क्लोथ बैँकले घर–घर पुगेर सेवा दिने कार्य सुरु गरेको छ ।
ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको हो । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ ।
बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् ।
सो बैङ्कद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैङ्कको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५० पुगेको छ भने बैङ्कले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…