जनकपुरका एक व्यावसायीको कोरोनाले मृत्यू !
नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए । साहको श्रीमति, दूई छोरा र छोरी रहेको छ ।

२०७८ बैशाख २३ बिहीबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना सँक्रमणका कारण जनकपुरका एक व्यावसायीको विहिबार मृत्यू भएको छ ।
जनकपुरका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना सँक्रमणको कारण आज मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यही व्यावसायीको जाँचपनि गरिएको थियो । गत तिन दिनदेखि भेनिटलेटरमा साह रहेका थिए । ५८ वर्षिय साह आज करिब १ः३० बजे मृत्यू भएको छ ।
शुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गरिएको थियो पछि हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो ।
जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक रहेका थिए । नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए । साहको श्रीमति, दूई छोरा र छोरी रहेको छ ।
धनुषामा यसपाली अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…