मुख्यमन्त्रीले मणिपालमा बनाउने भनिएको कोभिड अस्पताल एकवर्षमा पनि बनेन्, पुनः नीरिक्षण
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।

२०७८ बैशाख २२ बुधबार, राति १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको मणिपालको खाली जग्गामा कोभिड विशेष अस्पताल बनाउने निर्देशन दिएको एक बर्ष वितिसक्दा पनि अस्पताल बन्न सकेको छैनन् ।
गत बर्षको भदौ १९ गते शुक्रबारका दिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्देशन दिएका थिए, तर त्यसपछि कुनै चालचुल भने भएको छैनन् । मुख्यमन्त्री राउतले मिडियाबाजी गर्न मात्र तत्काल निर्देशन दिएपनि अझै अस्पताल बनाउन सकेका छैनन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित रहेको मणिपालमा कोभिड विशेष अस्पताल बनाउन राउतले निर्देशन दिएको ८ महिना बितिसक्दा पनि कुनै प्रक्रिया अगाडी बढाइएको छैनन् ।
सोही मणिपालमा कोभिड बिशेष अस्पताल बनाउनको लागि बुधबार भने अन्य अधिकारीहरुले पुनः नीरिक्षण गरेका छन् । त्यसमा अस्पताल सँचालनमा ल्याउनको लागि अधिकारीहरुले स्थलगत नीरिक्षण गरेका हुन् ।
सिडिओ अफिसका प्रशासकीय अधिकृत यमन सुंदर श्रेष्ठ, मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल ईन्जिनियर भगवान झा , वडाध्यक्ष पुण्य प्रताप यादव, वडा सदस्य उपेन्द्र बिमल साह , वडा प्रहरी कार्यालय मूजेलियाका प्रहरी नायब निरीक्षक श्रीनारायण पंडित , प्रहरी हबलदार दीपलाल यादव, नागरिक समाज मुर्ली मनोहर मिश्र तथा सगम लाल राउत सहित मणिपाल शिक्षण अस्पताल व्यवस्थापनमा रहेका गार्ड कमांडर योगेन्द्र कार्क़ी, बिबि लोपचन, कृष्ण कार्क़ी लगायतको टोलीले पुनः नीरिक्षण गरेको हो ।
गत बर्षको भदौमा प्रदेश सरकारको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी) बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल शुरु गर्नको लागि समितिले भनेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…