कोरोनामा प्रशासन

मालपोत र नापी कार्यालय अनिश्चितकालिन बन्द 

 भिडभाड हुने बैक तथा वित्तय संस्थाहरुलाई नगद र रेमिन्टान्स बाहेका काम बन्द गर्ने निर्ण भएको उनले बताए ।

२०७८ बैशाख १८ शनिबार
बेलुकी ७:४२ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मालपोत र नापी कार्यालय सोमबारदेखि अनिश्चितकालिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमित बढन थालेपछि भिडभाड हुने सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना रोकथाम नियन्त्रणकालागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकबाट भिडभाड हुने कार्यालय आइतबार देखि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलले बताए ।

अत्याधिक भिडभाड हुने मालपोत र नापी कार्यालय आइतबार देखि र यतायता कार्यालय सोमबार देखि बन्द गर्ने निर्णय भएको बास्तोलाले बताए । भिडभाड हुने बैक तथा वित्तय संस्थाहरुलाई नगद र रेमिन्टान्स बाहेका काम बन्द गर्ने निर्ण भएको उनले बताए ।

गाउँगाउँमा संक्रमित बढन थालेपछि संकट व्यवस्थापन समितिको बैठक नगरपालिकालाई तत्काल २० बेड र गाउपालिमा तत्काल १५ बेडको कोभिड स्पताल सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस्तै, महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय शुक्रवारदेखि नै अनिश्चित कालका लागि बन्द गरिएका छन् । 

कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय शुक्रवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । 

दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ ।

यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ । 

सिरहा जिल्ला प्रशासनमा आलोपालो सेवा लहान । जिल्ला प्रशासन कार्यालय सिरहाले आलोपालो सेवा सुरु गरेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला भीडभाड हुन नदिन आलोपालो सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । 

आईतवार कर्जन्हा र मिर्चैया नगरपालिकाको सबै वडाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । यस्तै सोमवार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको ६ नम्बर वडाबाहेक सबै वडाबासीलाई सेवा दिनेछन् ।

मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाका सबै वडाबासीलाई सेवा दिइनेछ । यस्तै बुधबार धनगढीमाई नगरपालिकाको १२, १३, १४ नम्बरबाहेकका वडा, सुखिपुर नगरपालिकाको सबै वडा र बिष्णुपुर गाउँपालिकाका वडाबासीले सेवा पाउनेछन् । 

बिहीबार औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीलाई सेवा दिइनेछ । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाबासीलाई सेवा उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

आलोपालो सेवाको सूचना अनुसार मात्र सेवाग्राहीलाई पठाउन सम्बन्धित वडाध्यक्षहरुसँग अनुरोध गरिएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७८ बैशाख १८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }