महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन सिडिओहरुलाई मुख्यमन्त्री राउतको निर्देशन 

सो अवसरमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । 

२०७८ बैशाख १७ शुक्रबार
बेलुकी ६:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारी रोकथामको लागि आफ्नो सबै शक्ति लगाउन सिडिओहरुलाई निर्देशन दिएका छन् । 

कोभिड रोकथामको विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गर्दै मुख्यमन्त्री राउतले सबैलाई आफ्नो तर्फबाट सबै शक्ति लगाउन निर्देशन दिएका हुन् ।

 विगत केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेकाले सोको अवस्था, रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिनका मुख्यमन्त्री राउतले सो सम्वाद गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोनाको जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसीआर मेसिन सञ्चालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने बताए । सो अवसरमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । 

भर्चुअल सम्वादमा प्रदेश सरकारका तर्फबाट प्रमुख सचिव गोकर्णमणि दवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलगायतको सहभागिता थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अब महोत्तरीमै आयुर्वेद पद्धतीको उपचार हुने

  • २०७८ बैशाख १७ शुक्रबार

न्यूज ब्युरो, महोत्तरी ।  महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।  आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गरेसँगै अब आयुर्वेद पद्धतिको

पूरा पढ्नुहोस्

Bureau Menus