नेपाल -भारत बोर्डरमा सशस्त्र प्रहरीको कडा निगरानी, चेकजाँचमा कडाई

निषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई समुझाई बुझाई  र डरत्रास देखाएर प्रहरीले सचेत गराएको छ ।

२०७८ बैशाख १७ शुक्रबार
बिहान १०:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । कोरोना भाइरसको संक्रमण बढेपछि बिहिवारदेखि पर्सामा  निषेधाज्ञा जारी गरेपछी ग्रामिण क्षेत्रका सिमा नाका हरुमा सशस्त्र प्रहरीले कडाई गरेको छन ।

पर्साको ग्रामिण क्षेत्रका सिमा नाका भएर आवत जावतमा रोक लगाएको छ । सिमावर्ती जानकिटोलाको दसौतामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको कमाण्डमा सिमा नाका लगायतको ठाउँमा कडाईका साथै  आवत जावतमा पनि रोक लगाएका बताए । 

प्रहरी हरुको कडाईको कारण सवारी साधन बन्द मोटरसाइकल लगायत पसल हरु समेत बन्द रहेको थियोे । प्रहरी हरुको कडाईका कारण घर बाट जनता हरु बाहिर जान सकेको छैन । काम बिषेशले औषधीहरु खरिद गर्न मात्र माक्स लगाएर बाहिर निस्केका छन।

निषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई समुझाई बुझाई  र डरत्रास देखाएर प्रहरीले सचेत गराएको छ ।

सिमा नाकामा रहेको सशस्त्र प्रहरीले माईकिंग गर्दै जनसमुदाय हरुमा कोरोना बिरोध जनचेतना समेत फैलाई रहेका छन।बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस विरुद्धको लडाईमा सशस्त्र प्रहरी हरुले आफ्नो जानको बाजी लगाएर कोरोना भाईरस रोग बाट जनसमुदाय हरुलाई बचाउनको लागी आफै कमर कसेर अगाडि बढेका छन ।

 कोरोना कहर बाट जनसमुदाय लाई बचाउन गाउँगाउँमा आफै लागिपरेका तामाङले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus