प्रदेश २ः एकाबिहानै एक गाउँपालिका अध्यक्षको मृत्यू
उनको मृत्यू कसरी र के कारणले भएको बारे अझै नखुलेको तथा थप विवरण आउन बाँकी रहेकोछ ।

२०७८ बैशाख १७ शुक्रबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्साजिल्ला स्थित एक गाउँपालिका अध्यक्षको एकाबिहानै मृत्यू भएको छ ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको हो ।
कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेर आज ९शुक्रबार० विहान करिब २ बजे निधन भएको हो ।
गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।
गाउँपालिका अध्यक्ष कुशवाहा विरामी भई उनको घरमा नै केहिदिन देखि उपचार भई रहेको थियो । उनको मृत्यू कसरी र के कारणले भएको बारे अझै नखुलेको तथा थप विवरण आउन बाँकी रहेकोछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…