भोलीदेखि प्रदेश २ को बीरगँज सहित पर्साजिल्लाभरि निषेधाज्ञा
आदेश विपरित काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि प्रजिअ घिमिरले बताए ।

२०७८ बैशाख १५ बुधबार, बिहान ८:०२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी भनेर चिनिने प्रदेश २ को वीरगँज शहर सहित पर्सा जिल्लाभरि एक साताको लागि बिहिबारदेखि निषेधाज्ञा लगाउने भएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि पर्सा जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
उच्च दरमा फैलिएको कोरोना सक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले गरेको निर्णयको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका पमुख जिल्ला अधिकारी (सिडिओ) पिताम्बर घिमिरेले जानकारी दिए ।
बैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको सिडिओ घिमिरेले बताए । घिमिरेका अनुसार सो अवधिमा औषधी उपार एवम् अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन नपाईने, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ् पुल, सपिङ् मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन नगर्ने, विवाह, बर्तबन्ध जस्ता सामाजिक कार्यको हकमा जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिएर स्वास्थ्य प्रोटोकलको पालना गरी बढीमा १५ जनासम्मको उपस्थितीमा गर्न पाइने लगायतका आदेश जारी गरिएको छ ।
यस्तै मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवम् सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायतका ढुवानीका सवारी साधन, आइसोलेशन एवम् होल्डिंग सेन्टर यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनबाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक ९दुई पाङ्ग्रे सहितका० यातायातका सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइएको आदेशमा उल्लेख छ ।
खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने, खाद्य वस्तुका पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र स्वास्थ्य मापदण्डको पालना गरी/राई खोल्न पाइने छ ।
वीरगञ्जको ईनर्वा नाका बोहकका नाकाबाट प्रवेश गर्न तथा अन्य सीमाबाट आवागमन गर्न रोक पूर्ण रुपमा रोक लगाइएको प्रजिअ घिमिरेले बताए । ईनर्वा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य चाँज र प्रक्रिया पु¥याएर तोकिएको आइसोलेसन वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने छ ।
अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी र सञ्चरकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक तथा नीजि सेवा प्रवाह हाललाई स्थगित गरिएको पनि घिमिरेको भनाई छ ।
आदेश विपरित काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि प्रजिअ घिमिरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…