गाउँपालिका अध्यक्ष यादव महिलासँग होटलमा आपत्तिजनक अवस्थामा पक्राउ
पक्राउ परेका अध्यक्ष यादब तत्कालिन संघीय समाजबादी पार्टीबाट निर्वाचित भएका हुन्।

२०७८ बैशाख ९ बिहीबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धरान । प्रदेश नम्बर १ को सुनसरी जिल्लास्थित एक गाउँपालिकाका अध्यक्ष महिलासँग होटलमा आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।
सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव Mahendra Prasad Yadav एक महिलासँग होटलमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
डिएसपी कार्कीका अनुसार, महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर उनलाई होटलमा लगी जबरदस्ती गरेको आरोपमा पक्राउ गरिएको हो । बुधबार उनलाई धरानको एक होटलबाट पक्राउ गरिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १३ स्थित रहेको डुकु होटलबाट अध्यक्ष यादव एक महिला सँग निर्वस्त्र अवस्थामा पक्राउ परेको हो । महिलालाई जागिर दिने भन्दै होटलमा लगेर जबरदस्ती गरेको आरोप उनीउपर छ ।
डिएसपी कार्कीका अनुसार, उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । उनलाई बुधबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटि गएको टोलीले पक्राउ गरी अनुसन्धानमा राखेको हो ।
अध्यक्ष यादवसँग रहेकी महिलालाई समेत जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । महिलाको बयानको आधारमा अध्यक्षालाई तत्काल नियन्त्रणमा लिएर दुवै जनालाई अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
पक्राउ परेका अध्यक्ष Mahendra Prasad Yadav यादब तत्कालिन संघीय समाजबादी पार्टीबाट निर्वाचित भएका हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…