यी ४० स्थानीय तहमा शैक्षिक सँस्था बन्दको निर्णय, जनकपुरमा भोलीदेखि बन्द हुने
अधिकृत ढकालले भोली मँगलबार विहान नगरपालिकाका जनप्रतिनीधिहरुसँग बसेर छलफलपछि जनकपुरको विद्यालय बन्द सम्बन्धमा अधिकारिक जानकारी आउने थपे ।

२०७८ बैशाख ६ सोमबार, बेलुकी ६:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहित School College Close का शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महाहानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।
उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।
मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ ।
सोमबार साँझ मन्त्रिपरिषदको निर्णय सुनाउँदा सरकारका प्रवक्ताले जनकपुर, राजविराज सहितको सहरमा पनि विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरेको छ । तर, अझै पनि स्थानीय सरकारले आफ्नो कुनै निर्णय नगरेको बताएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत मेहिलाल यादवले मन्त्रीपरिषद्को निर्णय भएपनि स्थानीय सरकारको हैसियतले यहाँ विद्यालय बन्दको निर्णय नभएकोले विद्यालयहरु सँचालनमै रहने जनाएका छन् ।
यता, शिक्षा शाखा सँयोजक रहेकी अन्जु पाण्डेले भने नगरपालिकाबाट कुनै त्यस्तो निर्णय अहिले नभएको बताइन् । मन्त्रीपरिषदको निर्णय भएपनि अझै अधिकारिक जानकारी र पत्र प्राप्त नभएको भन्दै विद्यालय बन्द वा सँचालनबारे आफू अहिले भन्न नसकिने बताइन् ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ढकालले केन्द्र सरकारको निर्णय भएपछि मान्नु नै पर्ने भएकोले विद्यालय बन्द हुने बताए । उनले अधिकारी जानकारी र पत्र समेत प्राप्त नभएकोले भोलीदेखि नै बन्द हुने भनेर कुनै निर्णय नभएको बताए ।
अधिकृत ढकालले भोली मँगलबार विहान नगरपालिकाका जनप्रतिनीधिहरुसँग बसेर छलफलपछि जनकपुरको विद्यालय बन्द सम्बन्धमा अधिकारिक जानकारी आउने थपे । सरकारले शहरी क्षेत्रको विद्यालयहरु बन्दको निर्णय गरेको हो ।
सोही क्रममा नीजि विद्यालयहरुको छाता सँगठन प्याबसनका धनुषा जिल्ला अध्यक्ष विश्वलाल सिँहले भने जनकपुरमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले लकडाउन भएको बेलामा अभिभावक घरमै हुँदा अनलाईन कक्षा सँचालन गर्न सजिलो भएपनि अहिले अभिभावकहरु काममा हुँदा बालबालिकालाई झन कठिनाई हुने औल्याए ।
उनले भने,–“स्वास्थयको सबै प्रोटोकल लागू गरियोस तर विद्यालय अहिले बन्द नगरियोस्, बरु आउँदो फाइनल परीक्षा लिएर विद्यालय बन्द गरे फरक पर्दैन् । परीक्षामा पनि बालबालिकाहरु एउटा बेन्चमा बढीमा दुई जना मात्र बस्ने गरेकोले परीक्षा लिएर बन्द गर्दा राम्रो हुन्छ ।”
विद्यालय बन्द गरी अनलाईन कक्षा सँचालनको आफू विरोध गरेको बताउँदै उनले यसबाट बालबालिकाहरुमा अधिक नाकारात्मक असर पर्न जाने तर्क राखे । उनले स्वास्थ्यको अनिवार्य ख्याल गरी भौतिक रुपमै विद्यालय सँचालनमा रहे बालबालिकाको हकमा राम्रो हुने बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…