प्रदेश २ को यी दुई जिल्ला सहित १४ जिल्लामा बालबालिकालाई स्कूल नपठाउन सरकारको अपिल
कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका हुन् ।

२०७८ बैशाख २ बिहीबार, बेलुकी ५:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को दुई जिल्ला सहित अन्य १२ जिल्ला गरी १४ जिल्लालाई सँक्रमणको अति प्रभावित जिल्ला क्षेत्रमा राखिएको छ ।
प्रदेश नम्बर २ को बारा र पर्सा जिल्ला सहित अन्य १२ जिल्ला गरी अहिले १४ जिल्लालाई कोरोना सँक्रमणको अति प्रभावित क्षेत्रमा राखिएको छ । यी जिल्लाहरुमा बालबालिकाहरुलाई स्कूल समेत नपठाउन आग्रह गरिएको छ ।
यसका साथै, काठमाडौं उपत्यकाका पनि तीन जिल्ला पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।
कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका हुन् ।
‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।
पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३र१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…