अन्नतः आज प्रदेश २ मा सार्वजनिक विदाको घोषणा
विहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।

२०७८ बैशाख २ बिहीबार, बिहान १०:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा प्रदेश सरकारले आज (विहिबार) प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
प्रत्येक वर्षको सुरुमै २ गते मनाइने जुडशितल पर्वलाई मध्यनजर गदैै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको निजी सचिवालयले एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।
कार्यालयको अन्तिम समयमा मन्त्रीको निजी सचिवालयले सार्वजनिक विदाको घोषणा गरेको सूचना जारी गरेको हो । प्रदेशमा विदा भएको नभएको बारे विभिन्न व्यक्तिहरुको फरक फरक धारणा आएपछि दबाबमा सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनिक गरेको हो ।

विहान करिब ९ः४५ बजेसम्म प्रदेश २ मा सार्वजनिक विदाको बारेमा कुनै अधिकारिक धारणा नआएपनि मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिव दिपक यादवले दुई बर्ष पुरानो विज्ञप्ति सहित सार्वजनिक विदाको पत्र राखेपछि चौतर्फी आलोचना भएको थियो ।
जानकारी अनुसार, सोही चौतर्फी आलोचनापछि आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट एक दिने सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनकि गरिएको हो । बैशाख २ गते सार्वजनिक विदाको लागि बैशाख १ गते सूचना जारी हुनुपर्नेमा २ गते अन्तिम समयमा आएर सार्वजनिक विदा दिएपछि कर्मचारीहरु पनि आक्रोसित भएका छन् ।
विहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।
सार्वजनिक विदाको लागि कम्तीमा पनि एक दिन अगावै जानकारी हुनुपर्नेमा मिडियाको दबाबका कारण अन्तिम समयमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । यसअघि मन्त्रालयका प्रवक्ता अवध किशोर कुशवाहाले समेत विदा नरहेको जनाएका थिए ।
यसका साथै, कानुन मन्त्रालयका सचिव बीरेन्द्र यादवले समेत विहिबार प्रदेश नम्बर २ मा सिरहा र सप्तरी बाहेक अन्य जिल्लामा सार्वजनिक विदा नरहेको प्रतिक्रिया दिएका थिए । तर, समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका स्वकीय सचिव यादवको आलोचनापछि दबाबमा मन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको हो ।
आज बिहिबार प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, रौतहट, बारा र पर्सा गरी आठ वटै जिल्लामा सार्वजनिक विदा भएको छ । यसअघि केन्द्र सरकारले मात्र सप्तरी र सिरहामा सार्वजनिक विदाको घोषणापछि दुई जिल्लामा मात्र विदा थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…