प्रदेश २ मा आज सार्वजनिक विदाः मुख्यमन्त्रीका पिए भन्छन्–'विदा छ', उपसचिव भन्छन्–विदा छैन'
२०७६ सालमा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक विदा दिएको भनेर उल्लेख छ ।

२०७८ बैशाख २ बिहीबार, बिहान ९:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले जुडशितल पर्वलाई मध्यनजर गर्दै प्रदेश नम्बर २ भरिमा सार्वजनिक विदा नभएको जानकारी दिएको छ । यद्यपी यो अहिले अन्यौल नै छ ।
केन्द्र सरकारले प्रदेश नम्बर २ को सिरहा र सप्तरीमा मात्र सार्वजनिक विदा दिएको जानकारी हुँदाहुँदै पनि मुख्यमन्त्रीका स्वीकय सचिव दिपक यादवले दुई वर्ष अगाडीको विज्ञप्ति राखेर सार्वजनिक विदा भएको भनेर पोष्ट गरेका छन् ।
समाजिक सँजालमा मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिव रहेका यादवले गत २०७६ सालकै विज्ञप्ति राखेर प्रदेश २ मा सार्वजनिक विदा भएको भनेर मिथ्या सूचना राखेका छन् । जसमा मिति २०७६ साल बैशाख १ गतेको मिति राखिएको छ ।
प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा जारी गरिएको सो विज्ञप्ति दुई बर्ष अगाडीकै रहेको छ । २०७६ सालमा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक विदा दिएको भनेर उल्लेख छ ।

मुख्यमन्त्रीकै स्वकीय सचिवले भ्रमित गर्ने पोष्ट समाजिक सँजालमा राखेपछि आम नागरिकमा अन्यौलता बढेको छ । विहिबार प्रदेश २ मा सार्वजनिक विदा हो वा होईन भन्ने बारे अन्यौलता छाएको छ ।
यद्यपी, मुख्ममन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उप–सचिव दिलिप कुमार प्रधानले भने विहिबार प्रदेश २ मा सार्वजनिक विदा नरहेको भनेर प्रष्टयाएका छन् । आन्तरिका मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवध किशोर कुशवाहाले समेत प्रदेश २ मा सार्वजनिक विदा नरहेको बताएका छन् ।

यता, मुख्यमन्त्रीकै पिएले पुरानो सूचना पोष्ट गरेपछि उनको आलोचना भएको छ । केही जनाले स्क्रीनसट गरी उनलाई गलत सूचना नदिन सुझाव दिएको छ । अधिकारिक रुपमा आज (विहिबार) प्रदेश नम्बर २ मा सार्वजनिक विदा भने छैनन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले ८ः२१ बजे बिहान पोष्ट गरेका छन् भने उपसचिव दिलीप प्रधानले ८ः२५ बजे बिहान सार्वजनिक विदाको बारेमा फरक फरक समाग्री पोष्ट गरेका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव यादवले प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको श्रोत दिँदै सार्वजनिक विदा रहेको उल्लेख गरेका छन् ।
उनले पुनः ९ः११ बजे बिहान प्रदेश नम्बर २ मा सार्वजनिक विदा रहेको दाबी गरेका छन् । सोही पोष्टमा उपसचिव प्रधानले भने सार्वजनिक विदा नरहेको भनेर टिप्पणी गरेको छ । यसरी उच्च ओहोदाका व्यक्तिहरुले फरक फरक सूचना दिएपछि नागरिक अन्यौलमा छ । प्रदेशमा विदा छ वा छैन भनेर अझै अन्यौल भएको छ ।
सिरुवा पर्व मनाउने प्रदेश २ को सिरहा र सप्तरीमा मात्र सार्वजनिक विदा केन्द्र सरकारले दिएको हो । अन्य जिल्लामा भने सार्वजनिक विदा नभएको जानकारी आएपनि अधिकारिक पत्र वा विज्ञप्ति भने विहान ९ः३० बजेसम्म आएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…