स्वर्गद्धारी दर्शनको लागि आउँदै गर्दा जीप दुर्घटना, अधिकृत सहित ५ को मृत्यू, दुई गम्भिर !
अन्दाजी १ सय ५० मिटर तल खसेपछि जीपमा सवार १५ जनामध्ये ५ जनाको मृत्यू भएको छ भने बाँकी घाईते भएका छन् ।

२०७८ बैशाख १ बुधबार, दिउँसो ३:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, प्यूठान । स्वर्गद्धारी दर्शनको लागि गएको श्रद्धालु बोकेको जीप दुर्घटना हुँदा एक अधिकृत सहित ५ जनाको मृत्यू भएको छ भने ८ जना घाईते भएका छन् ।
बुधबार विहान करिब ११ः३० बजेको समयमा प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ स्थित सो दुर्घटना हुँदा एक प्रशासकीय अधिकृत सहित अन्य ४ जनाको मृत्यू भएको हो ।
गुल्मी जिल्लाबाट स्वर्गद्धारी दर्शनको लागि गएको लु १ ज १५५५ नम्बरको जीप बाटोदेखि अन्दाजी १ सय ५० मिटर तल खसेपछि जीपमा सवार १५ जनामध्ये ५ जनाको मृत्यू भएको छ भने बाँकी घाईते भएका छन् ।
सो मध्ये एक जनाको अवस्था गम्भिर रहेको उनको उपचारको लागि पठाइएको बताईएको छ । लुम्बनी प्रदेश प्रहरीका अनुसार सो दुर्घटनामा गाडी चालक गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २२ का केशव कार्कीको मृत्यू भएको छ ।
यस्तै सोही जिल्ला बस्ने अन्दाजी बर्ष ३६ को सूर्य पन्थी, बर्ष ३६ कै ईश्वर भण्डारी र जिल्ला स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत बर्ष ३९ को श्याम न्यौपाने गाडीमा च्यापिएको नाम थर वतन नखुलेको अन्दाजी बर्ष २८ जनाको एक जनाको मृत्यू भएको हो ।
घटनामा जिल्ला गुल्मी रेशुङ्गा नगरपालिका ४ बस्ने बर्ष २३ की सुनिता कडेल, बर्ष २९ की बसन्ती पौडेल, बसन्ती पौडेल की छोरी बर्ष ४ की निकिता पौडेल, बर्ष ३० की गिता बोहरा (मुखिया), बर्ष ३० की गिता बोहरा (मुखिया) को छोरा बर्ष १० को अनिस मुखिया, जिल्ला गुल्मी चन्द्रकोटगाँपा ८ बस्ने बर्ष २४ की तारा भण्डारी, बर्ष ६ को आशिष भण्डारी, जिल्ला गुल्मी मुसिकोट नपा ६ बस्ने बर्ष ३३ को दिल बहादुर थापा, बर्ष २७ की कमला पन्थी (ज्ञावली), बर्ष १२ को सार्थक ज्ञावली, जिल्ला प्यूठान माण्डवी गाँपा ३ बस्ने बर्ष ३७ को सन्जिव परियार रहेका छन् ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब नीरिक्षक बुद्धी प्रसाद रानाको कमाण्डमा ७ जनाको टोली खटीगएको र अन्य अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय प्यूठान बाट प्रहरी नीरिक्षक देवि प्रसाद गैरेको कमाण्डमा १० जनाको टोली खटिगएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…