मधेशको ३ लाख ५५ हजार बिघा खेतमा सुनकोशी र कमलाबाट सिचाई हुने
केही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले लकडाउनको धम्की दिँदै छन् भन्ने लेखेकोमा असन्तुष्टि व्यक्त गर्दै आफूले यस्तो धम्की दिने हैसियत नराख्ने समेत स्पष्ट पारे ।

२०७८ बैशाख १ बुधबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको विभिन्न जिल्लाहरुको ३ लाख ५५ हजार बढी बिघा खेतमा कमला डाईभर्सन र सुनकोशीबाट सिँचाईको आयोजना ल्याइने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान देशवासीको नाममा सम्बोधन गर्दै सुनकोशी नदीको पानी पहाडमा सुरुगँ बनाएर तराई मधेशको विभिन्न जिल्लाको १ लाख ८५ हजार बिघा जमिनमा सिँचाई गर्ने आयोजना अघि बढने बताए ।
यस्तै, किसानहरुको लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा सहित तराई मधेशका अन्य जिल्लाहरुमा समेत सुनकोशीबाट सिँचाई गरिने उनले बताए । यसबाट तराई मधेशका किसान प्रत्यक्ष लाभ उठाउन सक्ने बताए ।
सोही क्रममा उनले कमला डाईभर्सन मार्फत पनि हजारौ बिघा खेतमा सिँचाई गरिने जनाएका छन् । कमला डाईभर्सन मार्फत पनि धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्लामा कम्तीमा पनि १ लाख ७० हजार बिघा जमिनमा सिँचाईको व्यवस्था गर्न लागिएको बताए ।
तत्काल लकडाउन हुँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् । उनले नयाँ वर्ष २०७८ को पहिलो दिन देशबासीलाई सम्बोधन गर्दै सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको बताए ।
तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।– उनले भने ।
ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए । यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे ।
केही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले लकडाउनको धम्की दिँदै छन् भन्ने लेखेकोमा असन्तुष्टि व्यक्त गर्दै आफूले यस्तो धम्की दिने हैसियत नराख्ने समेत स्पष्ट पारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…