४९६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यू !
सरकारले घरबाट निस्कदा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्ने जस्ता नियमित रुपमा गर्न आव्हान गरेको हो ।

२०७७ चैत ३० सोमबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको स्वाथ्य तथा जनसँख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना पुष्टि भएको तथा १३ जनाको मृत्यू समेत भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिँगमा देशभरिबाट २४ घण्टामा ४ सय ९६ जनामा कोरोना पुष्टि भएको तथ्याँक अपडेट गरिएको छ भने १३ जनाको ज्यान समेत गएको अपडेट गरिएको छ ।
केही महिनाअघि न्यून भएको कोरोना सँक्रमण पुनः ह्वात्तै बढन थालेको देखिएको छ । विगत केही दिनदेखि निरन्तर दैनिक रुपमा कोरोना सँक्रमितको सँख्या बढदै गएको हो ।
सरकारले घरबाट निस्कदा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्ने जस्ता नियमित रुपमा गर्न आव्हान गरेको हो । २४ घण्टामा सँक्रमित मध्ये १ सय ३९ जना निको समेत भएको तथ्याँक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…