वीरगँजः भारतबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइन, राती ९ बजेपछि बजार बन्द
बैठकमा जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, चिकित्सकहरु, विभिन्न गैर सरकारी संस्थाका प्रमुखहरु र पालिकाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

२०७७ चैत २९ आइतबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को वीरगँजमा राती ९ बजेपछि बजार बन्द सहित भारतबाट आउनेलाई अनिवार्य १० दिने क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
भारतीय सिमासँग जोडिएको वीरगञ्ज कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै डिसीएमसी पूर्व तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे बताए ।
आईतबार प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षता बसेको डिसीएमसीको बैठक विभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा घर बाहिर निस्कदाँ अनिवार्य मास्क लगाउन, २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन, भारतबाट लामो बसाईपछि आउनेलाई कम्तिमा १० दिन क्वारेन्टाईनमा बस्न लगाउने, वीरगञ्ज भन्सारमा भारतबाट आउनेलाई नाकामा नै एन्टिजेन्ट परिक्षण गर्ने, राति ९ बजे पछि पसल तथा होटल बन्द गर्ने निर्णय भएको छ ।
बैठकले जिल्ला कोभिडबाट बच्न सुरक्षाका विभिन्न मापदण्ड पालना भएरनभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।
यसैगरी, सरकारी अस्पताल वा स्वास्थ्य संस्थामा कोभिडका संक्रमितको उपचार गर्न अपर्याप्त भएको खण्डमा नेशनल मेडिकल कलेजअन्र्तगतको कोभिड १९ अस्थायी बाबा अस्पतालाई पुनस् सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तैगरी, सिमा नाकाबाट हुने अनाधिकृत प्रवेशमा कडाई गर्नुका साथै इनर्वा नाकामा हेल्प डेस्क मार्फत मात्र स्वास्थ्य जाँच गराई व्यक्ति आगमनको सुनिश्चितता गर्ने निर्णय बैठकमा भएको छ ।
नारायणी अस्पतलमा आईसियु र एचडियु बेडलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न बैठकले नारायणी अस्पताललाई निर्देश गरेको छ । जिल्लास्थित सम्पूर्ण निजी अस्पतलालाई कोभिडका बिरामीका लागि अनिवार्य रुपमा २० प्रतिशत बेड छुट्याउन डिसीएमसीले निर्देशन दिएको छ ।
बैठकमा जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, चिकित्सकहरु, विभिन्न गैर सरकारी संस्थाका प्रमुखहरु र पालिकाका प्रमुखहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…