करोडौं रुपैयाँ खर्च गरी भएको जउवासँघको निर्वाचन रद्द गर्न निवेदन, जितेकाहरुमा टेन्सन
जिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।

२०७७ चैत २९ आइतबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर क्षेत्रका व्यपारीहरुको छाता सँगठनको रुपमा रहेको जनकपुरधाम उद्योग वाणिज्य सँघको शनिबार सम्पन्न भएको निर्वाचनलाई रद्दको माग गरिएको छ ।
चुनावमा धाँधली भएको भन्दै असन्तुष्ट उम्मेदवारले चुनाव रद्धको लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जउवासँघको चुनाव निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।
चुनावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय धनुषा र सँघको निर्वाचन समितिमा निवेदन सहित चुनाव पुनः गराउन माग गरेका छन् ।

चुनावको क्रममा मतदाता सँख्या भन्दा बढी मत खसेको भन्दै चुनावमा धाँधलीको आरोप लगाउँदे चुनाव पुनः गराउनुपर्ने माग राखेका छन् । व्यापारीहरु चुनावमा राजनीतिक दलझै लाखौ रुपैयाँ खर्च गरी चुनाव लडेका हुन् ।
सो क्रममा विहानै आएको नतिजा अनुसार कैयौं जना उम्मेदवार विजयी हात हाँसिल र खुसियाली समेत मनाएका छन् । विभिन्न तवरले खुसियाली मनाएका निर्वाचित उम्मेदवारहरुलाई निवेदनपछि तनाव भएको छ ।
सँघको चुनावमा ४३११ जना कुल भोँटर रहेकोमा सो भन्दा बढी मत खसेको भन्दै विरोध गरिएपछि प्रहरीले केही बेर लाठीचार्ज समेत गरेको थियो । त्यतिबेलादेखि तनाव रहेको सो निर्वाचनस्थल अझै तनावमा छ ।
जिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…