नेपाल-भारत बोर्डरमा सिसिटिभी क्यामेरा जडान
सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।

२०७७ चैत २७ शुक्रबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । प्रदेश नम्बर २ सँग रहेको नेपाल–भारत सीमा (बोर्डर) अन्तर्गत पर्सा जिल्लाको विभिन्न नाकामा सिसिटिभी क्यामेरा जडान गरि निगरानी बढाएको छ ।
सशस्त्र प्रहरीले जिल्लास्थित ७ वटा बोर्डर आउट पोस्ट (बीओपी) मा सीसीटीभी क्यामेरा जडान गरेको छ । प्रहरी प्रधान कार्यालयको लगानीमा बीरगन्ज भन्सार, सिर्सिया, अलौं, अमरपट्टी, भिस्वा, सुवर्णपुर र ठोरी बीओपीमा क्यामेरा जडान गरिएको हो ।
सशस्त्र प्रहरी जिल्ला कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मलकुमार थापाका अनुसार भन्सार बीओपीमा ४ वटा र अन्यमा ३र३ वटाको दरले क्यामेरा जडान गरिएको हो ।
जिल्लामा १७ वटा बीओपी छन् । ‘कतिपय स्थानमा केबलको अभावले समस्या भएको छ,’ थापाले भने, ‘मुख्य नाका तथा बढी मुभमेन्ट भएका नाकास्थित बीओपीलाई प्राथमिकतामा राखेका छौं ।
सबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।
यात्राडेलीमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…