डा. सिके राउतका 'स्वयँसेवक दस्ता' को अभ्यास जनकपुरमा
विहिबार दिएको प्रशिक्षणको क्रममा उपस्थिति स्वयँमसेवकहरु डा. सिके राउत अँकित टिसर्ट लगाएर सुरक्षा अभ्यास गरेका हुन् ।

२०७७ चैत २६ बिहीबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको आगामी चैत्त २८ गते जनकपुरमा हुन गइरहेको एतिहासिक प्रथम महाधिवेशनको लागि स्वयँसेवक दस्ता तयारी सुरु भएको छ ।
अधिवेशनको लागि तराई मधेशको २२ जिल्लाबाट सहभागी हुने २५ हजार स्वयँसेवकको दस्तालाई प्रशिक्षण तथा अभ्यास सुरु गरिएको छ । विहिबार केही स्वयँसेवकलाई सुरक्षा अभ्यासको प्रशिक्षण दिएको हो ।
२७ गते साँझसम्म हजारौँको सँख्यामा स्वयँसेवकहरु जनकपुर आईपुग्ने जानकारी डा. राउत निकट श्रोतले जनाएको हो । अहिले जनकपुरको बाह्रविघा रँगभूमि मैदानमा मँच निर्माण र आम नागरिकलाई बस्ने सहित नेता कार्यकर्ताको लागि बिशेष व्यवस्था मिलाउने कार्य तीव्र रुपमा भइरहेको छ ।

बाह्रविघा मैदानमा निर्माण गर्न लागिएको मँचमा जनमत पार्टीको अधिकारिक लोगोमा प्रयोग गरिएको रँगकै कपडा मात्र प्रयोग गरिएको बताइएको छ ।
विहिबार दिएको प्रशिक्षणको क्रममा उपस्थिति स्वयँमसेवकहरु डा. सिके राउत अँकित टिसर्ट लगाएर सुरक्षा अभ्यास गरेका हुन् । बाह्रविघा सहित जनकपुरको बजार क्षेत्रमा अभ्यास गरेका हुन् ।
२८ गते हुने प्रथम महाधिवेशनको लागि विदेशबाट समेत अतिथि आउने कार्यक्रम रहेको जनाइएको छ । डा. राउत नेतृत्वको जनमत पार्टीको यो अधिवेशनलाई ऐतिहासिक अधिबेशन बताइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…