चितवनमा बन्दै गरेको पूल भत्किएपछि..
बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

२०७७ चैत २४ मंगलबार, दिउँसो १२:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने Chitwan Bridge पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।
भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् । चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।
‘पुलका चारवटा स्पान हुन्छन् । कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ ।
बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।
आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।
पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । ‘ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । कारण के हो बुझ्दै छौं,’ प्रमुख अधिकारीले भने । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो । कान्तीपुर दैनिकको अनलाईन सँस्करणमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…