जनकपुरमा एक बाबा मृत फेला
उनको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी पनि फेला परेको प्रहरीको भनाई छ ।

२०७७ चैत २१ शनिबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक साधु बाबा मृत अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ शिवचोकस्थित रहेको वेलकम होटल अगाडि सडक छेउमै एक साधु बाबा मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतक बाबा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ८ लखौरी घर भएका ७० वर्षीय साधु सुखन दास बाबा मृत फेला परेका हुन् ।
उनी जनकपुरमा माग्दै हिडेका थिए र विरामी भएकै कारण उनको मृत्यू भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी पनि फेला परेको प्रहरीको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…