लहान बम विस्फोटका अन्य अभियुक्त पनि छिट्टै गिरफ्तमा आउँछ : डिआईजी सिँह
गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

२०७७ चैत १७ मंगलबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रहरी नायब महानीरिक्षक (DIG) धीरज प्रताप सिँहले लहान बम विस्फोट घटनाका फरार अभियुक्त पनि चाँडै प्रहरी गिरफ्तमा हुने बताएका छन् ।
सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले मँगलबार दुई जनालाई सार्वजनिक गर्दै सो घटनाका अन्य अभियुक्तहरु पनि चाँडै पक्रिने बताए ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीको क्रममा डिआईजी सिँहले मँगलबार पक्राउ परेका सिरहाका दुई जनामाथिको अनुसन्धानबाट बम विस्फोटको घटनामा थप विवरण समेत आउने बताए ।
बम बिस्फोट घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २५ का रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष २६ का अभिमन्यू गिरी पक्राउ परेको डिआइजी सिँहले बताए ।

“यो घटनामा यी पक्राउ परेका दुई जनलाई सिसिटिभीको आधारमा कन्फर्म गरिएको छ । अन्य एक जना अझै फरार रहेको छ । यीनीहरुमाथि अनुसन्धान तीव्र पारिएको छ । फरार पनि चाँडै प्रहरी हिरासतमा हुनेछ ।”– सिँहले भने ।
गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।
उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…