प्रदेश २ मा आज पनि सार्वजनिक विदाको घोषणा
गत वर्ष होली तिनदिनसम्म मनाइएको थियो । पँचाङग र कलेण्डर अनुसार तीन होलीको तिथि परेको थियो ।

२०७७ चैत १७ मंगलबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होलीको अवसरमा सोमबार सार्वजनिक विदा मनाएका प्रदेश नम्बर २ वासीले मँगलबार (आज) पनि सार्वजनिक विदा पाएको छ ।
सोमबार केन्द्र सरकारकै तर्फबाट तराईमा होलीको अवसरमा सार्वजनिक विदा दिएको थियो भने मँगलबार प्रदेश सरकारले विदा थपेको हो । तराई मधेशमा होली दुई दिन पर्ने भएकोले दुई दिने विदा दिइएको हो ।
होलि पर्वको अवसरमा सरकारले क्यालेन्डरमै छुट्याइएको दुई दिने विदाको क्रममा आज (मँगलबार) पनि सार्वजनिक विदा रहने भएको छ ।
सोमबार केन्द्र सरकार र प्रदेश सरकारको साँझा विदा रहेको थियो । कुनै कुनै वर्षमा दुई दिन नै होली पर्ने भएकोले दुई दिनको विदा दिए अनुसार, मँगलबार समेत सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्रीको प्रेस सचिवालयले जनाएको छ ।
गत वर्ष पनि होलीको अवसरमा दुई दिने विदा दिएको थियो । तराई–मधेशमा होली पर्व हर्षोल्लासका मनाइन्छ । तिथि हेरफेर भएर दुई दिन पर्न गएपछि सार्वजनिक विदा दिएको हो ।
गत वर्ष होली तिनदिनसम्म मनाइएको थियो । पँचाङग र कलेण्डर अनुसार तीन होलीको तिथि परेको थियो । सो क्रममा जनकपुरमा एक दिन भने ग्रामिण भेकमा अर्को दिन गरी होली मनाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…