भोलीदेखि देशैभरिको स्कूल, कलेज चारदिनसम्म बन्द !
गत वर्ष यसै महिनादेखि कोरोनाको कारण अनिश्चितकालिनको लागि विद्यालयहरु बन्द गरिएको थियो ।

२०७७ चैत १६ सोमबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली मँगलबारदेखि आगामी चार दिनसम्म देशैभरिको स्कूल, कलेजहरु बन्द गर्ने निर्णय गरिएको छ ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।
यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ । गत वर्ष यसै महिनादेखि कोरोनाको कारण अनिश्चितकालिनको लागि विद्यालयहरु बन्द गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…