जनकपुरमा भयँकर मोटरसाईकल दुर्घटना, एक जनाको अवस्था गम्भिर !
उनको अवस्था गम्भिर रहेको तथा उनको नाम, ठेगान अझै यकिन भइनसकेको हो ।

२०७७ चैत १६ सोमबार, दिउँसो २:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको माचि झिटकैया स्थित मोटरसाईकल दुर्घटना हुँदा एक जनाको अवस्था गम्भिर भएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया र सराबे टोलको बीचमा रहेको बछराजा पूलस्थित मोटरसाईकल दुर्घटना हुँदा एक किशोरको अवस्था गम्भिर भएको छ ।
पूर्व पश्चिम हुलाकी राजमार्गको सराबे र माचिझिटकैयाको सो बछराजपूलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ९३४५ नम्बरको मोटरसाईकल तीव्र गतिको कारण दुर्घटना भएको हो ।
अन्दाजी बर्ष १६÷१७ एक किशोरले जनकपुर–कमला हुलाकी सडकखण्डमा मोटरसाईकल चलाउँदै गर्दा दुर्घटना भएको हो । सो पूलमा चढाई गर्ने ठाउँमा अत्यधिक खाडल जस्तो भएको छ, जसको कारण दुर्घटना भएको बुझिएको छ ।
पूलमा चढनुअघि आउने खाल्डो नदेखेर तीव्र गतिमा रहेको मोटराईकल अनियन्त्रित भएर दुर्घटना भएको हो । घाईते किशोरको नाम र ठाउँ यथार्थ नखुलेपछि घाईते महोत्तरी जिल्लाको डकहाको रहेको बुझिएको छ ।
मोटरसाईकल दुर्घटनापछि उनको ओठ दुई टुक्रा भएको छ भने शरिरको अन्य भागमा पनि गम्भिर चोट लागेको छ । स्थानीयहरुका अनुसार, होलीमा उनले रक्सी (दारु) सेवन गरी मोटरसाईकल चलाएका थिए ।
कुनै आफन्त कहाँ जाँदै गर्दा उनको बाटोमै दुर्घटना भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । प्रहरी ईन्चार्ज एवम् ईन्सपेक्टर हिरेन्द्र रोकायाका अनुसार, घाईते किशोरलाई एम्बुलेन्स मार्फत जनकपुरको प्रादेशिक अस्पताल पठाएको हो ।
उनको अवस्था गम्भिर रहेको तथा उनको नाम, ठेगान अझै यकिन भइनसकेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…