सांसद अरगरियाको कोषबाट सामुदायिक भवन बन्दै
सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

२०७७ चैत १४ शनिबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरियाले समुदायिक भवनको शिलान्यास गरेका छन् ।
धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माणको लागि शुक्रबार शिलान्यास गरेका हुन् ।
सो भवन अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो ।
शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नम्बर २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् ।
त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।
बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सो भवन निर्माण गरिने उनले बताए ।
सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।
सामुदायिक भवन बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले सामुदायिक भवन बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।
शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पघैया, अशोक मंडल, इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…