धनुषाको धनौजीमा लक्ष्मीनारायण मन्दिर बन्ने
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनौजी गाउँपालिकास्थित भगवान लक्ष्मी नारायणको मन्दिरको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्र नं. ३ को धनौजी गाउँपालिका वडा नम्बर १ लखौरी टोलमा लक्ष्मीनारायणको मन्दिरको शिलान्यास गरिएको हो । जसपा नेपाल धनुषाका युवा नेता

२०७७ चैत १३ शुक्रबार, राति १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनौजी गाउँपालिकास्थित भगवान लक्ष्मी नारायणको मन्दिरको शिलान्यास गरिएको छ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्र नं. ३ को धनौजी गाउँपालिका वडा नम्बर १ लखौरी टोलमा लक्ष्मीनारायणको मन्दिरको शिलान्यास गरिएको हो ।
जसपा नेपाल धनुषाका युवा नेता एवम् धनौजी गाउँपालिकाका प्रत्यासी अध्यक्ष जीवेन्द्र झाको अगुवाई मन्दिर शिलान्यास गरिएको हो । २० लाख रुपैयाँको लागत सो स्थानमा मन्दिर बन्ने भएको छ ।
स्थानीयहरुको पुरानो आस्थाको कारण उनीहरुले माग गरे बमोजिम प्रदेश सरकारको सहयोगमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र लक्ष्मीनारायणको मन्दिर निर्माण गरिने युवा नेता जीवेन्द्र झाले जानकारी दिए ।
सोही क्रममा धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित समुदायिक भवन निर्माणको लागि शिलान्यास गरिएको हो । टोलमा समुदायिक भवन निर्माण हेतु शुक्रबार नै शिलान्यास गरिएको छ ।
कार्यक्रममा प्रेसमँचका उपाध्यक्ष विन्द किशोर साह, धनुषा जिल्ला उपाध्यक्ष सँजीव झा, क्लोथ बैंक जनकपुरका अध्यक्ष राजीव झा सहित जसपाका नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…