जनकपुरः स्कोरपियोले ठक्कर दिएपछि एक जनाको मृत्यू !
अस्तपाल ल्याउँदा चिकित्सकले यादवलाई मृत घोषित गरेको धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जनाए । उनका अनुसार, यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ ।

२०७७ चैत १२ बिहीबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझ स्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजको विश्वकर्माचोकस्थित गएराति स्कोरपियोले ठक्कर दिँदा सोही ठाउँ बस्ने एक जनाको ज्यान गएको हो ।
ज्यान जानेमा मिथिला नगरपालिका वडा नम्बर २ परिती टोल बस्ने टयाक्टर चालक बर्ष ४५ का शुभनारायण यादव रहेको प्रहरीले जनाएको छ । मृतक यादव पेशाले ट्रयाक्टर चालक हुन् ।
विश्वकर्माचोक स्थित जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत तीव्र गतिमा जनकपुरतर्फ आउँदै गरेको बा १४ च ९९७४ नम्बरको स्कोरपियोले गएराती साईकलमा सवार यादवलाई ठक्कर दिएको थियो ।
ठक्करपछि यादवको टाउको र शरिरमा गम्भिर चोट लागेर गम्भिर घाईते भएका थिए । घाईते पश्चात सोही स्कोरपियोमा राखेर उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अस्तपाल ल्याउँदा चिकित्सकले यादवलाई मृत घोषित गरेको धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जनाए । उनका अनुसार, यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ ।
यता, स्कोरपियो र सवारी चालक महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर ५ बस्ने शाहिद कवारी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…