होलीमा चैत्त १५ र १६ गते दारु बन्द !
यसका साथै, विद्यालय, पसले, व्यावसायी, व्यापारी सेवा प्रदायकले अनिवार्य रुपमा मास्क प्रयोग र सेनिटाईजर प्रयोग गर्न भनिएको छ ।

२०७७ चैत ११ बुधबार, बेलुकी ५:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका सिडिओ प्रदिपराज कणेलले आउँदो चैत्त १५ गते र १६ गते गरी दुई दिन मदिरा विक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन दिएका छन् ।
आगामी चैत्त १५ गते र १६ गते परेको होली पर्व घरमै बसेर मनाउन आग्रह गर्दै सो दुई दिन जिल्लाभरिमा मदिरा विक्री वितरण र सार्वजनिक स्थानमा मदिरा सेवन नगर्न निर्देशन दिएका हुन् ।
कोभिड–१९ (कोरोना) भाईरसको सँक्रमण पुनः फैलिन थालेको भन्दै सिडिओ कणेलले यसपालीको होली पनि घरभित्रै मनाउन आग्रह गरेका हुन् । उनले सार्वजनिक ठाउँमा भीडभाड, भेला नगर्न आग्रह समेत गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बुधबार एक सूचना जारी गर्दै जनस्वास्थ्य एवम् सुरक्षाको मापदण्ड अनुरुप होली मनाउन आग्रह गरेका हुन् । घर बाहिर गएर होली पर्व नमाउन सचेत गराएका हुन् ।
गत वर्ष समेत होली पर्वमा नै कोरोनाको महामारी नेपालमा प्रवेश गरेको थियो । गत वर्षको चैत्त ११ गतेदेखि निरन्तर करिब ४ महिनासम्मको लकडाउन लगाएपछि जनजीवन तहसनहस भएको थियो ।
सोही अवस्था दोहोरिन नदिनको लागि प्रमुख जिल्ला अधिकारी कणेलले सर्वसाधारणहरुलाई अहिलेदेखि नै चेताएका छन् । कोरोनाको सँक्रणम पुनः फैलिन थालेको तथा छिमेकी मुलुक भारतमा पुनः कोरोनाको केश बढन थालेपछि सर्तकता अपनाउन प्रोटोकोल जारी गरेको हो ।
सिरहा जिल्ला पस्ने हरेक प्रवेश विन्दुमा रहेको हेल्थ डेस्कमा अनिवार्य रुपमा आरडीटी चेकअप गराउन आग्रह सिडिओ कणेलले सम्भव भए एन्टीजेन टेस्ट समेत गराउन सर्वसाधारणमा आग्रह गरेका हुन् ।
जिल्लाभरिका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ । जनस्वास्थ्य प्रोटोकोल विपरित भेला, सभा, सेमिनार, जमघट, जुलुस, मेला, भीडभाड समेत नगराउन निर्देशन दिएको हो ।
यसका साथै, विद्यालय, पसले, व्यावसायी, व्यापारी सेवा प्रदायकले अनिवार्य रुपमा मास्क प्रयोग र सेनिटाईजर प्रयोग गर्न भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…