धनुषाका जाहिर अन्सारीलाई बिसमिल्लाह सोसाइटीको सहयोग
यसअघि १८ ठाउँमा निरन्तर सहयोग गरेको सोसाइटीले आगामी दिनमा पनि सहयोग जारी राख्ने सँस्थाका अध्यक्ष अन्सारुल कवारीले जानकारी दिए ।
२०७७ चैत ९ सोमबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । अति विपन्न धनुषाका एक परिवारलाई बिसमिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्ट नेपालले आर्थिक सहयोग गरेको छ ।
आईतबार धनुषाको हँसपुर नगरपालिकाको बघचौरा बस्ने जाहिर अन्सारीलाई सोसाइटीले १५ हजार रुपैयाँ सहयोग गरेको हो । उनको परिवारिक आर्थिक अवस्था दयनीय रहेको भन्दै सहयोग गरेको हो ।
स्थानीयहरुको आग्रहमा अन्सारीलाई घर खर्चाको लागि तत्काले १५ हजार रुपैयाँ सहयोग गरेको हो । मुस्लिम समुदायका युवाहरुको साँझा सँगठनको रुपमा स्थापित गरिएको सो सँस्थाले १९ औं सहयोग स्वरुप अन्सारीलाई सहयोग गरेको हो ।
यसअघि १८ ठाउँमा निरन्तर सहयोग गरेको सोसाइटीले आगामी दिनमा पनि सहयोग जारी राख्ने सँस्थाका अध्यक्ष अन्सारुल कवारीले जानकारी दिए ।
अभियन्ता कैयूम राईन , मोम्त्ताज राईन , सलामत राईन लगायत्त स्थानीय बुद्धिजीवहरुको रोहबरमा सहयोग गरिएको सँस्थापक अध्यक्ष साबिर अन्सारीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…