खेत-खेतमा पुगेर प्रदेश प्रमुख अहिराजले गरे किसानलाई सम्मान
साथै किसानहरूले आफूहरूलाई सिँचाइको आवश्यकता भएको र राम्रो सिँचाइको व्यवस्था भए पुग्ने प्रदेश प्रमुखसँग गुनासो समेत गरेका छन् ।

२०७७ चैत ९ सोमबार, राति ८:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा 'अहिराज' Rajesh Jha 'Ahiraj' ले किसानहरुलाई खेत खेतमा पुगेर सम्मान गरेका छन् ।
सोमबार प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित गोलबजार (Golbazar) का किसानहरुलाई खेतमा पुगेर उनीहरुलाई सम्मान गरेको हो । गोलबजार नगरपालिकाको वडा नम्बर २ को गुरुधाम गाउँस्थित किसानहरुको खेतमा पुगेर सम्मान गरेका हुन् ।
सो गाउँका करिब दुई सय किसानहरुले सामुहिक रुपमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सोमबार किसानहरुको खेतमै पुगेर उनीहरुलाई मधेशी समुदाय (Madheshi Community) को पहिचान मानिने गम्छा सहित खादा ओढाएर सम्मान गरेका हुन् ।
कृषि उत्पादनको दृष्टिकोणले देशमा नै अग्रणी प्रदेशको रुपमा प्रदेश २ रहेकाले कृषि कर्मलाई उच्च महत्त्व दिएर प्रदेश प्रमुख डा. झा (Dr. Rajesh Ahiraj) ले खेतमा पुगेर किसानसँगै खाजा पनि खेतमा नै खाएका हुन्।
करिब २० वर्ष देखि सो वडामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको र उत्पादित तरकारीलाई पहाडी जिल्लाका साथै सिरहा, सप्तरी, उदयपुर तथा भारतको जयनगरसम्म किसानहरूले बिक्री गर्दै आएका छन् ।
करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती हुने गरेको छ । यस अघि प्रदेश सरकारले पदक वितरण सम्बन्धी ऐनमा किसानलाई सम्मान गर्ने कुरा समावेश नभएको भन्दै किसानलाई पनि पदक दिने सूचिमा राख्नका लागि सुझावसहित विधेयक फिर्ता गरेका थिए ।
सो विद्येयक फिर्ता गरेको केही दिनमा नै किसानको सम्मानका लागि आफै खेतमा पुगेर सम्मानको थालनी गरेका हुन । यसबाट स्थानीय किसानहरू निक्कै उत्साहित बनेका छन् ।
साथै किसानहरूले आफूहरूलाई सिँचाइको आवश्यकता भएको र राम्रो सिँचाइको व्यवस्था भए पुग्ने प्रदेश प्रमुखसँग गुनासो समेत गरेका छन् ।
किसानहरुले प्रदेश प्रमुख सहित उनका टोलीलाई मकै र गेडागुडी भुँटेर (ओरहा) गरी खेतमै खुवाएका हुन् । प्रदेश प्रमुख Rajesh Jha 'Ahiraj' को किसानप्रतिको यस्तो क्रियाकलापलाई प्रशँसा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…