कोरोना बढन थालेपछि सभा, सम्मेलन, भीडभाड नगर्न पुनः सरकारको आग्रह
कोरोना सँक्रमण पुनः बढन सक्ने भन्दै सरकारले सो अघि नै नागरिकलाई सचेत गरेको छ ।

२०७७ चैत ८ आइतबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले कोरोना बढदै गरेको भन्दै सम्मेलन, बैठक, भीडभाड, गोष्ठी, सेमिनार नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रहरुमा कोरोनाको सँक्रमण पुनः बढन थालेपछि अघिल्लो वर्षझैं पुनः भीडभाड नगर्न आग्रह गरेको हो ।
गत वर्ष पनि यही महिनामा होली पर्व अगावैदेखि सरकारले भीडभाड, सभा, सम्मेलन, गोष्ठी, सेमिनार नगर्न नियम जारी गरेको थियो भने चैत्त ११ गतेदेखि करिब ४ महिनासम्म लकडाउन लगाएको थियो ।

आईतबार जारी गरिएको विज्ञप्तिमा कोभिड १९ बाट बच्ने सुरक्षा उपाय र मापदण्डहरु अपनाउन समेत आग्रह गरिएको हो । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न विज्ञप्तिमा जनाएको छ ।
कोरोना सँक्रमण पुनः बढन सक्ने भन्दै सरकारले सो अघि नै नागरिकलाई सचेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…