बिस्मिल्लाह नेपाल सोसाइटीद्धारा लहेरीलाई ३५ हजार रुपैयाँ सहयोग
बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रूभमेन्ट नेपालका अध्यक्ष अन्शारूल कवारीले पीडितको बुवालाई रकम हस्तान्तरण गरेको हो ।

२०७७ चैत ७ शनिबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम समुदायका युवाहरुको साँझा अभियानको रुपमा सँचालनमा रहेको बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रूभमेन्टद्धारा आर्थिक सहयोग गरिएको छ ।
विभिन्न समयमा १७ ठाउँमा सहयोग गरेको सोसाईटीले शनिबार १८ औं सहयोग स्वरुप एक पीडितलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । समूदायमा पिछडिएका र समस्यामा परेका व्यक्तिलाई मदत गर्दै आएको सोसाइटीले महोत्तरीको औरही नगरपालिका बस्ने नईम लहेरीलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।
लहेरीको घरको आर्थिक अवस्था अत्यन्तै न्यून रहेको अवस्थामा उनको अवस्थाबारे जानकारी पाएलगत्तै बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रूभमेन्टको सदस्यहरु उनको घरमै पुगेर सहयोग गरेको हो ।
वैदेशिक रोजागरीमा विदेशमा बस्दै आएका युवाहरुले केही रकम जम्मा गरेर उनलाई सहयोग गरेको बताइएको छ । बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रूभमेन्ट नेपालका अध्यक्ष अन्शारूल कवारीले पीडितको बुवालाई रकम हस्तान्तरण गरेको हो ।
सो क्रममा अभियन्ता कैयूम राईन, मूस्तूफा राईन, सलामत राईन, मोम्त्ताज कवारी, अन्बारूल राईन , सदाम राईन , सम्सुल राईन लगायत बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रूभमेन्टका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…