जनकपुरः परीक्षा अर्मादित बनाएको भन्दै ५ जना फोटोकापीबाला पक्राउ
प्रश्नपत्र आउट गर्नमा परीक्षाकेन्द्र भित्रकै वा सम्बन्धित निकायकै कोही व्यक्तिको सँलग्नता हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसबारे पनि खोजविन तीव्र पारिएको हो ।

२०७७ चैत ६ शुक्रबार, दिउँसो १२:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज जनकपुरमा सिटिईभिटीको परीक्षा चलिरहँदा परीक्षा अमर्यादित बनाउन केही फोटोकापी पसलेले पुस्तक मिनीमाईज गरेको आरोपमा पक्राउ परेका छन् ।
आज भइरहेको सिटिईभिटीको परीक्षाको लागि परीक्षा सम्पन्न हुनु अगावै परीक्षामा चिट चोराउनको लागि पुस्तकलाई मिनीमाईज गरेको आरोपमा पक्राउ गरिएको बुझिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ भैरवचोकबाट ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भैरवचोकमा सँचालनमा रहेको केही फोटोकापी पसलमा प्रहरीले छापामारी गरी पक्राउ गरेको हो । उनीहरुले ठुलो किताबलाई सानो पार्ने (मिनिमाईज) गरेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रका अनुसार, उनीहरुलाई गोप्य सूचनाको आधारमा छापामारी गर्दा पक्राउ गरिएको हो ।
अपडेटः
पक्राउ परेका पाँचैजनालाई धनुषा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
पुनश्चः यसअघिको प्रारम्भिक जानकारी अनुसार, प्रश्नपत्र नै आउट भएको बारे आएको समाचारमा अन्यथा भएकोले सच्चाइएको छ । यसको लागि हामी क्षमा प्रार्थी छौं–सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…