सिरहामा प्रहरीको आचरणः बर्दि लगाएर कार्यालयभित्रै 'रजनीगन्धा'
डयुटिको समयमा प्रहरीले कार्यालयभित्रै बर्दि लगाएर सूर्तिजन्य मानिएको रजनीगन्धा सेवन गर्न पाउँछ की पाउँदैन भन्ने प्रश्न गर्दा सिरहाका प्रहरी प्रवक्ताले फोन काटिदिए ।

२०७७ चैत ५ बिहीबार, राति १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लामा प्रहरी उपर निरन्तर सवाल उठदै आएको छ । सिरहा प्रहरीको नेतृत्व परिवर्तनसँगै पनि विभिन्न समयमा प्रहरीमाथि सवाल उठदै आएको छ ।
जिल्लाको विभिन्न ठाउँमा होटल व्यावसायी, लज र रेष्टुरेन्टवालासँग महिनबारी रकम असुल गर्दै गरेको समाचारहरु प्रकाशित निरन्तर भइरहेको छ ।
सोही क्रममा सिरहाको मिर्चैया स्थित रहेको इलाका प्रहरी कार्यालय मिचैैयाका एक प्रहरीले कार्यालयभित्रै बर्दि लगाएर सूर्तिजन्य पदार्थ सेवन गरिरहँदा उनको आचरणमाथि प्रश्न उठाइएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका सहायक प्रहरी नीरिक्षक (सई) अजित कुमार पाण्डे विहिबार कार्यालयभित्रै सूर्तिजन्य पदार्थ रजनीगन्धा सेवन गरिरहेको भिडियो बाहिरिएपछि प्रहरीको आचरणमाथि प्रश्न चिन्ह उठाइएको छ ।

प्रहरी नियमावली २०७१ को नियम ११३ मा आचरण सम्बन्धी नियम बारम्बार उलँघन गरेमा, डयुटिको समयमा बारम्बार मापदपदार्थ सेवन गरेमा, बारम्बार अनुसाशनहीन काम गरेको खण्डमा सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी कानुन रहेको छ ।
मिर्चैया नगरपालिका वडा नम्बर ५ मा एक एकल महिलालाई बाँधेर कुटपिट गरिरहँदा स्थानीय खुसीलाल ठाकुर बचाउन खोज्दा उनलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही क्रममा घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका न्यूज ब्यूरोकर्मीले सई अजीत कुमार पाण्डे कुर्शीमा बसेर बर्दि लगाएरै डयुटीको क्रममा कार्यालयभित्रै रजनीगन्धा सेवन गरी बसेको देखिएको छ ।
डयुटिको समयमा प्रहरीले कार्यालयभित्रै बर्दि लगाएर सूर्तिजन्य मानिएको रजनीगन्धा सेवन गर्न पाउँछ की पाउँदैन भन्ने प्रश्न गर्दा सिरहाका प्रहरी प्रवक्ताले फोन काटिदिए । (भिडियो प्रमाण सुरक्षित छ ।)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…