सिरहाको सरकारी कार्यालयहरुमा सिडिओ कणेलको अनुगमन, यातायातबाट दुई दलाल पक्राउ
सो क्रममा नापी कार्यालय लहान , मालपोत कार्यालय लहान, यातायात कार्यालय लहान र डिभिजन बन कार्यालय लहानमा अनुगन गरिएको जनाइएको छ ।

२०७७ चैत ४ बुधबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहाको लहान स्थित रहेको मालपोत घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले सरकारी कार्यालयहरुमा अनुगमन गरेको छ ।
सिडिओ कणेलले मालपोत घटनापछि जारी गरिएको सुरक्षा निगरानीको सन्दर्भमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सिरहाको यातायात कार्यालयबाट दुई दलाललाई पक्राउ समेत गरिएको छ ।
सिरहाको लहानस्थित रहेको यातायात कार्यालयबाट दुई बिचौलिया (दलाल)लाई पक्राउ गरिएको जनाइएको छ । नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख सहितको टोलीले सरकारी कार्यालयको अनुमगन गरेको हो ।
सिरहाका नेपाल प्रहरी एसपी सुदिपराज भण्डारी, सशस्त्र प्रहरीका एसपी दिपेश गिरी, इलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन दाहाल र सशस्त्र बेस क्याम्प लहानका डिएसपी विनोद थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख इन्सपेक्टर दान बहादुर मिरिँग लगायतको सम्मलित टोलीले अनुमगन गरेको हो ।

सो क्रममा नापी कार्यालय लहान , मालपोत कार्यालय लहान, यातायात कार्यालय लहान र डिभिजन बन कार्यालय लहानमा अनुगन गरिएको जनाइएको छ ।
अनुगमनको क्रममा सरकारी कर्मचारीहरुको काम कारवाही, कार्य सम्पादन र सेवाग्राहीहरुको गुनासो समेत सुनेका थिए । सिडिओ कणेलले सरकारी कार्यालयमा कुनै पनि समस्या भए स्थानीय प्रशासनलाई जानकारी गराउन आम सेवाग्राहीमा आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…