सिरहा प्रशासनले अब सरकारी कार्यालयमा कडा निगरानी गर्ने, सरकारी अफिसलाई यस्तो निर्देशन !
कार्यालयभित्र छिर्नु अघि नै रजिष्टर व्यवस्थापन गरी सेवाग्राहीको विवरण राख्नुपर्ने बताइएको छ ।

२०७७ चैत २ सोमबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहामा आईतबार भएको घटनालाई मध्यनजर गर्दै अब हरेक सरकारी कार्यालयलाई कडा निगरानी गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार साँझ नै एक सूचना निर्देशन जारी गर्दै जिल्लाभित्र रहेको सबै सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा सुचारु गर्न निर्देशन दिएको हो ।
जडान भएको सिसिटिभी जडान गर्न निर्देशन सहित जडान भएको कार्यालयमा यथाशिघ्र जडान गराउन निर्देशन दिएको हो । सिरहाका निमित्त सिडिओ कृष्ण कुमार निरौलाद्धारा जारी गरिएको सो निर्देशन कडाईका साथ सोमबारदेखि नै लागू गर्न भनिएको छ ।
सरकारी कार्यालय बाहिर कुनै शंकास्पद वस्तु रहेको वा नरहेको कडाईका साथ चेकजाँच बारम्बार गर्न निर्देशन दिएको हो । यसका साथै, सरकारी कार्यालयभित्र अब गेटमा पाले, नाइट पाले राख्न समेत निर्देशन दिएको हो ।
सो क्रममा कार्यालयभित्र छिर्ने सेवाग्राहीको झोला वा अन्य समानहरु पूर्णरुपमा चेकजाँच गरी मात्र भित्र छिर्न दिनुपर्ने निर्देशन जारी गरेको छ । चेकजाँचको क्रममा शंका लागेमा तुरुन्तै नजिकको प्रहरी चौकीमा जानकारी दिनुपर्ने निर्देशनमा उल्लेख छ ।
सरकारी कार्यालय भित्र छिर्ने सेवाग्राहीसँगको सबै विस्तृत विवरण रेकर्ड राख्नुपर्ने निर्देशन समेत दिएको हो । कार्यालयभित्र छिर्नु अघि नै रजिष्टर व्यवस्थापन गरी सेवाग्राहीको विवरण राख्नुपर्ने बताइएको छ ।
सरकारी कार्यालयभित्रको भौतिक सम्पति, जिन्सी सम्पति, कागजातहरुको भरपर्दो सुरक्षा मिलाउने तथा अग्नी समन यन्त्र जडान गर्नेदेखि लिएर प्राथमिक उपचारको समेत व्यवस्था कार्यालयभित्रै राख्न निर्देशन दिएको हो ।
आईतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको घटनापछि प्रशासन एक्सन लिएको हो । आईतबार भएको बम विस्फोटमा परी ८ जना घाईते भएका छन् । एक जनाको अवस्था गम्भिर रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…