मधेशमा भ्रष्टाचार बढेको भन्दै मालपोत अफिसमा बम विस्फोट : गोईत
आईतबार दिउँसो करिब १ बजे भएको विस्फोटमा परि ८ जना घाहिल भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।

२०७७ चैत १ आइतबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ ।
घटना भएको करिब ४ घण्टापछि गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गोईतले बम विष्फोटको जिम्मालिँदै मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको विज्ञपति मार्फत जानकारी दिए ।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि विज्ञप्ति उल्लेख गरिएको छ भने अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारबाही गर्ने चेतावनी समेत गोइतले दिएका छन् ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का गोईत समूह मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत छन् ।
आईतबार दिउँसो करिब १ बजे भएको विस्फोटमा परि ८ जना घाहिल भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…