सुबिसु केबलनेटको २१ औँ वार्षिकोत्सवमा रक्तदान, वृद्धवृद्धालाई फलफूल
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई सुबिसु केबलनेटका प्रबन्धक झाले दोसल्ला ओढाउँदै प्रशँसा पत्र दिँदै सम्मान समेत गरेको थियो ।
२०७८ पुस ३० शुक्रबार, बेलुकी ५:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।
आफ्नो २१ औँ वार्षिकोत्सवको अवसर सुबिसु केबलनेटको जनकपुर शाखाले जानकी मन्दिर प्राँगनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
ओमिक्रम कोभिड को ध्यान गर्दै रगतको अभावमा कुनै व्यक्ति वा परिवारको ज्यान गुमाउनु नपरोस् भन्दै “रक्त दान जीवन दान जीवन दान महा दान” नारा सहित जनकपुर शाखाले रक्तदान कार्यक्रम गरेको हो ।
शुक्रबार जनकपुरधाम सहित देशभरिको २१ वटा शाखाले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताइएको छ । जनकपुरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको सुबिसु केबलनेट जनकपुर शाखाका प्रबन्धक शम्भु झाले जानकारी दिए ।
शाखा प्रबन्धक झाको अध्यक्षता तथा जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवको प्रमुख आतिथ्यमा जानकी मन्दिरका बाहिरी प्राँगनमा बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा सुबिसु केबलनेटका कर्मचारी सहित अन्य व्यक्तिहरुले पनि रक्तदान गरेको हो ।
कोभिडको तेस्रो लहरको रुपमा देखा पर्न थालेको ओमिक्रोम र हुन सक्ने रक्त अभावलाई मध्यनजर गर्दै जनकपुर शाखाले रक्तदान कार्यक्रमलाई नै प्राथमिकता दिएको प्रबन्धक झाले बताए ।

रक्तदान गरेका ५१ जनामध्ये सुबिसु केबलनेटका कर्मचारी, सँचारकर्मी, अधिकारकर्मी, होटल व्यावसायी, सर्वसाधारणहरुले समेत रक्तदान गरेको झाले बताए ।
सो कार्यत्रममा बिशेष अतिथीको रुपमा प्रदेश २ का प्रदेश साँसद परमेश्वर साह सहित अतिथिको रुपमा जनकपुरधाम उपमाहानगरपलिकाकी उप–मेयर रिता झा , धनुषा जिल्ला प्रहरी नायब उपरिक्षक जितेन्द्र बसनेत , असहाय सँरक्षण मँचका अध्यक्ष एवम् सँचार उद्यमी बैधनाथ साह, नागरिक समाजको अगुवा मुर्ली मनोहर मिश्र , युबा अभिन्ता दिपक ठाकुर, सिताराम यादब, स्वमी भरत राय, निजामाती कर्मचारी पूर्व सहसचिब डाक्टर ईन्द्रकन्त झा , हिन्दू अभियन्ता जयकुमार यादब, सशस्त्र प्रहरी निरक्षक हरी कृष्ण खड्का , न्यूज ब्यूरोका धनुषा सँवाददाता मुकेश पण्डित, रेडक्रस्का धनुषा अध्यक्ष नरेश सिँहसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई सुबिसु केबलनेटका प्रबन्धक झाले दोसल्ला ओढाउँदै प्रशँसा पत्र दिँदै सम्मान समेत गरेको थियो ।
धनुषा जिल्लाको १८ वटै स्थानीय तहमा सुबिसु केबलनेटको कनेक्सन रहेको दाबी गरिएको छ । धनुषाको सबै स्थानीय तहमा सुबिसुको पहुँचलाई निरन्तरता दिएको शाखा प्रबन्धक झाले बताए ।
यसकासाथै जनकपुरको रामानन्दचोकस्थित रहेको जानकी वृद्धआश्रममा फलफूल वितरण गरेको हो । दिउँसो जानकी वृद्धाश्रम पुगेर प्रबन्धक झाले वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…