बन्द कोठामा धनौजी गाउँपालिकाको गाउँसभा, अधिकृत चौधरीले ल्याए कमिशनखोर बजेट
आम नागरिकलाई सूचनाको हक मार्दै आएका अधिकृत चौधरीले यसपाली पनि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छैनन् ।
२०७९ असार ११ शनिबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवादमै रहँदै आएको धनुषाको धनौजी गाउँपालिकाले यसपाली कमिशनखोर बजेट ल्याएको बुझिएको छ ।
कोठाको चुकुल बन्द गरी गरिएको गाउँसभामा अन्य कसैलाई प्रवेश गर्न नदिई आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमा कमिशनखोर नीति तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताईएको छ ।
गाउँसभाका के कति बजेट र कुन शिर्षकमा कति बजेटीकरण गरिएको बारे कुनै जानकारी नदिएका गाउँपालिकाका अधिकृत सावन चौधरीले नीति तथा कार्यक्रम लुकाएका छन् ।
आम नागरिकलाई सूचनाको हक मार्दै आएका अधिकृत चौधरीले यसपाली पनि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छैनन् ।
ल्याइएको नयाँ बजेटमा दिगो विकास, शिक्षा सुधार, स्वास्थ्यको अवस्था बलियो बनाउनुभन्दा पनि नचाहिने ठाउँमा माटो, ग्राभेल, ढलान जस्ता कार्यक्रमलाई मात्र विकासको नाम दिँदै कमिशनखोर बजेट ल्याएका हुन् ।
अधिकृत सावन चौधरी आएदेखि नै काम नै नगरी भुक्तानी गरिने, मोटो कमिशनको लोभमा निर्माण कार्यको अनुगमनमा झेल गरी भुक्तानी गर्ने जस्ता कार्यको लागि निरन्तर मुछिदै आएका छन् ।
गाउँसभाको लागि कसैलाई जानकारी नदिएको तथा बन्द कोठामा नगरसभा गरिएको भन्दै स्थानीयहरुले कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ । कमिशनखोरी नीति तथा कार्यक्रम ल्याएर बजेट कुम्ल्याउन खोजेको आरोप अधिकृत चौधरीमाथि छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…